जलाशय ५० वर्ष टिक्नैपर्ने



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता (पिपिए) सम्बन्धि कार्यविधिमा जलाशययुक्त आयोजना निर्माणका लागि नयाँ प्रावधान ल्याएको छ। उर्जा मन्त्रालयले तयार पारेको कार्यविधिलाई प्राधिकरणको सञ्चालक समितिले अनुमोदन गर्दै अब निर्माण हुने हरेक जयालय युक्त विद्युत आयोजनाहरूको डेट स्टोरेज भोल्युम (डिएसभि) कम्तिमा ५० वर्ष निर्धारण गरेको छ।

नयाँ प्रावधान अनुसार आयोजनाको जलाशय ५० वर्ष टिक्नुपर्ने र ढुंगा, बालुवा तथा लेदो नभरिने गरी डिजाइन गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ। दिगो ऊर्जा विकासलाई प्राथमिकतामा राख्दै यस्तो नियम बनाइएको र सरकार वा निजी क्षेत्र जोसुकैले अब जलाशय आयोजना निर्माण गर्दा डिएसभि ५० वर्ष तोकेको छ भने जलाशय सञ्चित (एक्टिभ स्टोरेज भोलुम) को डिजाइन डिस्चार्ज १५ दिनबराबरको हुनुपर्छ।

त्यस्तै कूल ऊर्जाको बर्षायाममा ५० प्रतिशतभन्दा बढाउन नपाइने र हिउँदमा ३५ प्रतिशतभन्दा कम उत्पादन गर्न नपाइने बाध्यकारी व्यवस्था गरिएको छ। सो नियम अनुसार आयोजनाले उत्पादन गर्ने कूल ऊर्जामध्ये बर्षायाममा ५० प्रतिशतभन्दा बढी भए बिजुलीको मूल्य कम भुक्तानी हुनेछ। पिपिए अन्तर्गत जलाशय आयोजनाको प्रतियुनिट ६ दशमलब ३५ रूपैयाँदेखि १२ दशमलब४० रूपैयाँ निर्धारण गरिएकोछ। हिउँदको ६ महिनामा भने कूल वार्षिक ऊर्जाको ३५ प्रतिशत उत्पादन गरे प्रतियुनिट १२ दशमदब ४० रूपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्