पवित्रले जिते इन्डियन एम्बेसाडर कप



काठमाडौं, (नेस)
पवित्रकुमार कार्कीले इन्डियन एम्बासाडर्स कपको उपाधि शनिबार जितेका छन्। गोकर्ण गल्फ क्लबमा कार्कीले १३ ह्यान्डीक्यापमा ४० स्टेबलफोर्ड स्कोर गरेका हुन्। उनले ट्रफीसँगै आई फोन सेभेन प्लस तथा कालावे ग्रेट बीग बर्था ड्राइभर पनि हासिल गरे। यस्तै विजय श्रेष्ठ इनहाउस ३९ स्कोरसहित उपविजेता बने। पृथिवी मल्लसँग स्कोर बराबरी हुँदा काउन्ट ब्याकमा विजयले बाजी मारेका थिए। उनले कालावे बिग बर्था थ्री वुड प्राप्त गरे।

प्रतियोगितामा टाशी छिरिङले ३८ ग्रस स्कोरसहित बेस्ट ग्रसको अवार्ड पाए। उनी विजयसँग बराबरीमा रहेका थिए। तर ब्याक नाइनमा छिरिङको स्कोर राम्रो भएपछि विजय उपाधिबाट विमुख भए। छिरिङले कालावे गल्फब्याग हासिल गरे।
ब्रिगेडियर जनरल बीबी थापाले सिनियरतर्पm उपाधि जित्दा महिलातर्फ रिता थापाले उपाधि हात पारिन्। दोस्रो स्थानमा इर्डन चेम्पी रहिन्। ८० गल्फरले सहभागिता जनाएको प्रतियोगिता इन्डियन एम्बेसीले आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्