एक वेवारिसे शव फेला



लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरीमा एक वेवारिसे अवस्थामा शव फेला परेको छ । जलेश्वरबाट भिठामोड जाने बाटोमा पर्ने रातोपुल छेउमै सडकको किनारामा अन्दाजी २६ वर्षको युवकको मृत अवस्थामा शव फेला परेको हो ।

जलेश्वर ६ मलिवाराका स्थानियहरुले सडक छेउमै युवकको शव देखेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई खबर गरेका छन् । जिल्लाबाट आएको टोलीले अचेत युवकलाई चेकजाच गर्दा मुख र नाकबाट रगत मिसिएको र्याल आएको र शरिर समेत कडा भैसकेको देखिएको थियो ।

शवको खानतलासी गर्दा मृतकको साथबाट नोफिन चार थान,फेनारगन तिन थान, डाईजोपाम तिन थान फेला पारेको जिल्ला प्रहरी कार्यालयबाट शवको मुचुल्का उठाउन खटिआएको टोलीले जानकारी गराएको छ । साथै मृतकको पहिचान अझसम्म खुल्न सकेको छैन । शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्