भावी प्रमको भविष्य ?



पहिलो चरणको निर्वाचन नजिकिए पनि त्यसलगत्तैको सरकार परिवर्तनको चलखेलका कुराले पनि अहिले धरहरा छेउछाउमा चर्चा पाइरहेको छ।
प्रधानमन्त्री पुकदाले उस्तै पर्यो भने जेठ ४ गते संसद्को अर्को बैठक बस्ने दिन नै संसद्लाई सम्बोधन गरेर प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गर्नुहुने कुराको छिटपुट बजार हल्ला छ भने कतिले चाहिँ पुस ६ गते छोड्ने रे पनि भनेका छन्। जेहोस् जेठको पहिलो हप्ता शेबदे (शेरबहादुर देउवा) मुलुकको प्रधानमन्त्री बन्ने बजार हल्ला चुलिएको छ।

तर, वैशाख ३१ गते हुने चुनाव र त्यसबाट आउने परिणामले सरकार हेरफेरको कुरालाई टुंगोमा पुर्याउने पनि बताइन थालेको छ। पुकदाले छोड्नुपर्ने भए चितवनतिर एकजना पुत्रीजीले मेयरमा जित्नुपर्ने रे भन्ने पनि चर्चा चलिरहेको छ।

त्यताका कांग्रेसजन भने पुत्रीलाई भन्दा बरु अरू नै पार्टीलाई हालिन्छ भनेर बम्किँदै हिँडेको पनि देखिएको छ। त्यसैले भावी प्रधानमन्त्री छनोटको मुख्य जिम्मेवारी त संसद् वा अरू कुनै दलको समर्थन भन्दा पनि चितवनका कांग्रेस कार्यकर्ताको भूमिकामा पो निर्भर छ रे भन्ने पो सुनियो त। पाठकवृन्दलाई कस्तो लाग्छ कुन्नि?

प्रतिक्रिया दिनुहोस्