वृज सिमेन्टद्वारा ब्रान्ड एम्बेस्डर नियुक्त



काठमाडौं, (नेस)
वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले विभिन्न क्षेत्रमा ख्याति कमाएका तथा नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने चार जना व्यक्तित्वलाई कम्पनीको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ।

चर्चित युवा फुटवल खेलाडी नवयुग श्रेष्ठ, नेपाली क्रिकेटका चर्चित खेलाडी शरद भेस्वाकर, मनाङ तथा मुस्ताङलाई वायरलेस इन्टरनेटबाट जोडी सूचना प्रविधिमार्फत् परिचित गराउने व्यक्ति एवम् म्यागासेसे पुरस्कार विजेता महावीर पुन तथा सन् २०१६ को मिस नेपाल अस्मी श्रेष्ठसहित चार जनालाई वृज सिमेन्टले एसोसिएट गरी ब्रान्ड एम्वेस्डरको बनाएको छ। केडिया अर्गनाईजेसनअन्तर्गत एउटा प्रभागका रूपमा रहेका यस कम्पनीले पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (पीपीसी) र साधारण पोर्टल्यान्ड सिमेन्ट (ओ पीसी) दुवै किसिमका सिमेन्ट उत्पादन गर्दै आइरहेको छ। सबै जिल्लामा डिलर सञ्जाल रहेको र उपभोक्ताले आफूले चाहेको जुनसुकै ठाउँमा पनि सिमेन्ट सजिलै पाउन सक्ने कम्पनीले जनाएको छ। कम्पनीका सिनियर मार्केटिङ तथा ब्रान्ड म्यानेजर अमित श्रेष्ठले उपभोक्तालाई उत्कृष्ट उत्पादन र गुणस्तरीय सेवा दिन सदैव प्रतिबद्ध रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्