केमसानमा घिमिरे सर्वसम्मत



काडमाडौं, (नेस
स्वास्थ्य उपचारका रसायन तथा उपकरण आपूर्तिकर्ताहरूको छाता सगंठन केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसियसन अफ नेपाल (केमसान) को वार्षिक साधारणसभाले सुरेश घिमिरेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ।

एसोसियसनको ११औं अधिवेशनमा अध्यक्षलगायत सम्पूर्ण पदमा निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत शिवराज धितालले जानकारी दिनुभएको छ।

निर्वाचन समितिका अनुसार घिमिरेको अध्यक्षतामा नवगठित १३ सदस्यीय कार्यसमितिमा निवर्तमान अध्यक्षयमा भक्त हमालसहित दुई उपाध्यक्षमा उमेशप्रसाद लामिछाने र रामशरण भण्डारी रहेका छन्।

त्यस्तै महासचिवमा सीताराम कार्की, सचिवमा पुरुषोत्तम भट्टराई र कोषाध्यक्षमा विनोदकुमार मानन्धर निर्वाचित भएका छन्। त्यसै गरी केन्द्रीय सदस्यहरूमा प्रह्लादकुमार गौतम, अर्जुनकुमार रायमाझी, दीपक शर्मा, पुण्यप्रसाद नेपाल, निर्मल रेग्मी, शैलेश कँडेल र समीर मरहठ्ठा दुई वर्षे कार्यकालका लागि चयन भएका हुन्।

गुणस्तरीय उपकरण तथा रसायन उपलब्ध गराउने उद्देश्यसहित केमसान २०६१ सालदेखि सक्रिय रही नेपालभर ५ अञ्चलमा शाखा विस्तार गरसिकेको छ। जसमा सदस्यता सख्ंया २ सय २५ रहेको अध्यक्ष घिमिरेले जानकारी गराउनुभयो। उपभोक्तालाई सुलभ मूल्यमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नेपाल भित्रिने रसायन तथा उपकरणका सूची दर्ताका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य शुरु भएको छ।

यसबाट खुला सीमानामा हुने आनाधिकृत आयात नियत्रण भई उच्चस्तरीय सेवा उपलब्धताले स्थान पाउने केमसानको मूल उद्देश्य रहेको छ।

विश्वमा स्वास्थ्य उपकरणसम्बन्धी नयाँ आविष्कार र वैज्ञानिक जानकारीलाई सदस्य व्यवसायीबीच उपलब्ध गराउँदै आएको छ। यसबाट व्यवसायीलाई नयाँ प्रविधिका उपकरण आयातमा प्रोत्साहित गर्दै आम नागरिकको विश्वस्तरीय स्वास्थ्य सेवा उपभोगमा पहुँच बढेको केमसानले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्