प्रधानन्यायाधीश सुशीला कार्कीले अबदेखि मुद्दा नहेर्ने



काठमाडौ (नेस) ।
एक साताअघि प्रधानन्यायाधीश कार्कीविरुद्ध सत्तारूढ दलका २४९ जना सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। कार्कीविरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव फिर्ताको माग गर्दै चर्को आलोचना र विरोध पनि नभएको होइन ।

संसदबाटै प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिने दबाब आइरहेकै बेला सर्वोच्च अदालतले अन्तरिम आदेशद्वारा उक्त प्रस्ताव कार्यान्वयन नगर्न र कार्कीलाई काममा फर्काउन शुक्रवार संसदका नाममा अन्तरिम आदेश जारी गरेको थियो।

अदालतले महाअभियोग बिरूद्ध अन्तरिम आदेश जारी गरेपछि सर्वोच्च फर्किनु भएको प्रधानन्यायाधीश सुशीला कार्कीले अबदेखि अवकाश नपाएसम्म कुनै पनि मुद्दा आफूले नहेर्ने बताउनुभएको छ । तर अवकास नपाउन्जेलसम्म उहाँले फैसला सुनाइसकेका मुद्दाको पूर्णपाठ तयार गर्ने, हस्ताक्षर गर्ने, पेशी तोक्ने लगायत अन्य प्रशासनिक काम गर्नुहुने सर्वोच्च स्रोतले जनाएको छ ।

उहाँले आगामी जेठ २५ गतेबाट उमेरहदका कारण अनिवार्य अवकास पाउँदै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्