मताधिकारको प्रयोग गर्न अपिल



काठमाडौँ, २४ वैशाख । सुशील कोइराला मेमोरियल फाउन्डेसनले स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदातालाई अपिल गरेको छ ।

फाउन्डेसनले आज विज्ञप्तिमार्फत संविधान कार्यान्वयनको महत्वपूर्ण अवसरको रुपमा रहेको स्थानीय तहको निर्वाचनमा भाग लिई मुलुकमा शान्ति, समृद्धि र लोकतान्त्रिक स्थायित्वका लागि आ–आफनो ठाउँबाट भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

स्थानीय तह हुँदै प्रादेसिक र सङ्घीय निर्वाचन सम्पन्न गर्र्नुपर्ने दायित्व सबैका सामु रहेको उल्लेख गर्दै फाउन्डेसनले निर्वाचनबाट राज्यले दिने सेवा सुविधा जनताको घर आँगन नजिकै पु¥याउने र लोकतान्त्रिक समाजवादी उद्देश्य संस्थागत हुने अपेक्षा समेत राखेको छ ।

“भौगोलिक, सांस्कृतिक र प्राकृतिक विविधताले भरिपूर्ण बहुलवादी संरचना भएको मुलुकमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विभिन्न वैचारिक धार भएका राजनीतिक दललाई सहमतिमा ल्याएर लोकतान्त्रिक सङ्घीय, गणतन्त्रात्मक संविधान घोषणा गर्न गराउन नेतृत्व गर्नुभएको ऐतिहासिक योगदानकोे स्मरण गरेको छ,” फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्