नग्न भिडियो बनाउने महिला कारबाहीमा



सिंगापुर, (एजेन्सी)
एउटा जिमखानाको लुगा फेर्ने कोठामा अन्य महिलाहरूको गोप्य ढंगले फिल्म खिचेको अभियोगमा सिंगापुरमा एक जना महिलालाई अदालतले ३० साता लामो कारावास सजाय सुनाएको स्थानीय सरकारी माध्यमले जनाएको छ।

च्यानल न्युज एसियाले २९ वर्षीया हेंग लि यिंग नामक ती महिलाले अनलाइन फोरम्समार्फत त्यसको फुटेज विक्री गरेकी थिइन्। उनीविरुद्ध गोपनीयता भंग गरेको तीनवटा आरोप लगाइएको छ।

उनका वकिलले विभिन्न महिलाले विभिन्न समयमा लुगा फेर्दै गरेका भिडियोहरू निर्माण गरेकोमा हेंगले दुःख व्यक्त गर्दै पश्चात्ताप गरेको बताएका छन्। दि स्ट्रेट टाइम्सले उनले ती फुटेजको प्रतिसेकेन्डको १० देखि २० सेन्टमा कम्तीमा २२ जना व्यक्तिलाई बेचेको जनाएको छ। आफ्ना महिला सदस्यहरूको नग्न फिल्महरू अनलाइनमा छाउन थालेपछि सो जिमले प्रहरीको सहयोग मागेको पनि बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्