तमोर जलाशययुक्त परियोजना अघि बढाउन सरकारलाई दबाब दिने



रविन भट्टराई,ताप्लेजुुङ ।

पूर्वका चार जिल्लाका स्थानियले तमोर जलाशययुक्त बिद्युत परियोजना चाँडो अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ।

आयोजना प्रभावित जिल्लाहरु ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटाका स्थानियले चार जिल्लालाई जल यातायातले जोड्ने साथै औद्योगिक करिडोरको रुपमा विकास गर्न सकिने भन्दै तमोर जलाशययुक्त बिद्युत परियोजना अघि बढाउन आग्रह गरेका हुन् ।

उनिहरुले यस परियोजनाका लागि स्थानीय तथा राष्ट्रियस्तरमा सरोकार समिति गठन गरी सरकारलाई योजना अघि बढाउन केन्द्रमानै गएर दबाव दिइने तयारी समेत गरेका छन् ।

चार जिल्लाका स्थानीय स्तरमा उद्योग वाणिज्य संघ सहितका सार्वजनिक संस्था र केन्द्रमा जिल्लाबाट काठमाडौं गएर बिभिन्न पेशा व्यवसायमा संलग्न रहँदै आएका व्यक्तिहरुले परियोजना अघि बढाउन सरकारलाई एक तथा बहुपक्षीय दवाब दिने ताप्लेजुङ सरोकार केन्दका उपाध्यक्ष चित्रगुप्त साँबाले बताउनुभयो ।

नेपालमा बढ्दो ऊर्जा सङ्कटलाई दृष्टिगत गरी सरकारले समेत आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकोमा सो सरकारको लक्ष्य पूरा गर्नमा सहयोग पुग्ने निष्कर्षसहित तमोर जलाशययुक्त आयोजना निर्माण कार्य अघि बढाउन सरकारलाई दवाब दिइने सावाको भनाई छ ।

सात सय ६२ मेघावाट क्षमताको तमोर जलाशययुक्त बिद्युत परियोजना निर्माण हुँदा करिव ४० वर्ग किलोमिटर लामो कृतिम ताल निर्माण हुने छ । तमोर जलाशययुक्त परियोजना निर्माणको क्रममा बन्ने ताल पोखराको फेवाताल भन्दा आठ गुणा ठूलो हुने छ ।

यस्तै बिद्युत उत्पादनमार्फत पूर्वी नेपालका झापा, मोरङ, सुनसरी र अन्य पहाडी जिल्लासँग औद्योगिक करिडोरको विकास हुने भएकाले यस आयोजना नेपालकै विशेष महत्वको हुने भएकाले पनि निर्माणका लागि दबाब आवस्यक रहेको साँवाको भनाई छ ।

तमोर जलाशययुक्त परियोजनाका लागि कुल १२ खर्ब बजेट आवश्यक पर्ने सरकारी अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्