२५ औं वार्षिकोत्सव सम्पन्न



ललितपुर, (नेस)
नेपाल ह्दयरोग निवारण प्रतिष्ठान, ललितपुर शाखाको २५ सौं बार्षिककोत्सव तथा रजत जयन्ती समारोहको प्रमुख अतिथि शताब्दी पुरुष तथा संस्कृतीविद् डा.सत्यमोहन जोशीले मंगलबार एक समारोहका बीच समापन गर्दै जीवनशैली परिवर्तन गरी विश्वास र सकारात्मक सोच मात्र राख्न सके पनि मुटुरोगबाट बच्न सकिन्छ भन्नुभयो।

बुद्ध धर्मको ग्रन्थ अन्तरगत महायानी धर्मको ग्रन्थको नौवटा शुत्र मध्येको ह्दय शूत्रलाई पालन गर्न सके पनि जीवन उजागर भई उर्जा बढछ् भन्नुभयो। प्रतिष्ठानका सभापति डा. पुष्पराज राजकर्णिकारले सभापतित्वको आसनबाट बोल्दै प्रतिष्ठानको ललितपुर शाखाले बाल ह्दय बचाउ, मुटु अस्पताल स्थापना तथा ब्लड बैंक स्थापना गर्न विभिन्न संस्थासंग सहकार्य गरी आफ्नो कार्यक्रमलाई अगाडि बढाइरहेको जानकारी दिनुभयो।

प्रतिष्ठानका संस्थापक केन्द्रीय अध्यक्ष डा. मृगेन्द्रराज पाण्डेले ललितपुर शाखाको काम गर्ने शैली ज्यादै सकारात्म हुनुका साथै मननयोग्य छ भन्नुभयो। डा.पाण्डेले जनस्तरमा प्रयोग हुने औषधि तथा मेडिकल सामाग्रीहरू सुलभ तथा सस्तो हुनुपर्छ भन्नुभयो।

उक्त सभामा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डिल्लीप्रकाश घिमिरे, हार्ट क्लब नेपालका अध्यक्ष बद्रिप्रसाद पोखरेल, ललितपुर सामुदायिक अस्पतालका अध्यक्ष दिलेन्द्र राज श्रेष्ठले शुभकामना मन्तव्य दिनुका साथै प्रतिष्ठानको ललितपुर शाखाले गरी आएको मानव मात्रको सेवा कार्य सराहनीय तथा नमूनामूलक छ भन्नुभयो।

उक्त अवसरमा प्रतिष्ठानको ललितपुर शाखामा २५ वर्षसम्म अनवरत रूपमा आवद्ध भइ कार्य गर्दै आइरहनुभएका डिल्लीप्रकाश घिमिरे डा. पुष्पराज राजकर्णिकार, बालगोविन्द विष्ट, बद्रिप्रसाद जोशी, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी तथा कर्मचारी सनमान श्रेष्ठलाई दोसल्लाह ओढाइ प्रमुख अतिथिले कदर गर्दै सम्मानप्रत्र प्रदान गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्