माओवादी केन्द्र र वैद्य माओवादी नेताहरुद्धारा पार्टी परित्याग



जगतबहादुर विष्ट, काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र) का पोलिट्ब्युरो सदस्य श्यामबहादुर बोहरा ‘अटल’ले पार्टी परित्याग गरेका छन् । माओवादी केन्द्रले पुरानो संसदीय व्यवस्थालाई सुदृढ गर्ने दिशामा अगाडि बढेको, इमान्दार नेता–कार्यकर्ताभन्दा ठेकेदारहरुको हालिमुहाली बढेको भन्दै पार्टी परित्याग गर्नु परेको बताए ।

मंगलबार संवाद डबलिमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोलिटब्युरो सदस्य अटलले माओवादी केन्द्रका नेताहरु पार्टी र सरकारको माथिल्लो निकाय पुग्न जाल, झेल र तिकडम गरिरहेको बताए । आफूजस्ता इमान्दार नेता–कार्यकर्ताको माओवादी केन्द्रमा भविश्य नभएका कारण पार्टीबाट विद्रोह गर्न बाध्य भएको उनले बताए ।

जनयुद्ध लडेका इमान्दार कार्यकर्ताको बेहाल भएको बताउँदै अटलले प्रचण्डको नेतृत्वमा माओवादी केन्द्र एमालेको बाटोमा लागेको आरोप समेत लगाए ।

त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी) दाङ सेक्रेटरी खम्बु चन्द ‘समीर यात्री’को नेतृत्वमा आधा दर्जन नेता–कार्यकर्ताले पनि विद्रोह गरेका छन् । विचारको संरक्षण गर्ने नाममा मोहनविक्रम सिंहको बाटोमा लागेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै समिरले क्रान्तिकारी माओवालदीले चुनाव उपयोग गर्नेको नीति अक्रमर्णयताको उपचार भएको बताए । क्रान्तिकारी माओवादीमा बसेर समय बर्बात पार्नु भन्दा विद्रोह गर्न सबै नेता–कार्यकर्तालाई आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्