ट्रम्प कार्यकालको सय दिन पत्रकारहरुको डिनर बहिस्कार



वासिङटन (एजेन्सी)
अमेरिकी राष्टपति डानाल्ड ट्रम्पले सनिबार आफनो कार्यकालको सय दिन पुरा भएकोमा पुन एक पटक सन्चार माध्यमलाई निसाना बनाउँदै आफनो बचाउ गरेको छ ।

ट्रम्पले पेन्सिलभेनियामा आफना समर्थकहरुलाई ह्वाइट हाउसमा संवाददाताहरुको डिनर पार्टीबाट २ सय किलोमिटर टाढा आएर आफु रमाइ रहेको बताए ।
ह्वाइट हाउसको डिनर पार्टी वासिंङटनको अत्यन्त महत्वपुर्ण तथा ठुलो आयोजना हो । उनले सय दिनको कार्यकालमा ‘प्रत्यक दिन काम गरेको‘ लाई सन्चार माध्यमको ‘सय दिनको असफलता‘सँग तुलना गरे । उनले आफनो आलोचना गर्ने समाचारलाई कुनै जानकारी नभएका पत्रकारहरुको झुठो खबर भएको बताए ।

‘वासिङटनमा भइरहेको संवाददाता डिनरमा हलिवुड कलाकारका एउटा ठुलो जमात र वासिङटन मिडिया आफै सान्त्वना दिइरहेको होला, यो अत्यन्तै उदेकलाग्दो हुनेछ ‘ उनले भने ।

आफुले हरेक दिन काम गरेको बताउँदै उद्योगमा रोजगारीको अवस्था फर्काउने ट्रम्पले बताए । उनले काइला प्रयोग कटौती विवाद ‘वार अन कोल‘ समाप्त भएको पनि बताए । पेन्सिलभेनियाको अर्थब्यवस्था कोइला उत्खननमा धेरै निर्भर छ र राष्टपति चुनावका क्रममा यो एक महत्वपुर्ण राज्य थियो ।

बाराक ओबामाको प्रशासनले आफुलाई सबै खराब अवस्थामा छोडेको बताउँदै ट्रम्पले भने– ठूलो लडाइ छेड्न बाँकी नै छ र हामी हरेक मुद्दामा जित हासिल गर्छौं ।

उनले जलवायु परिवर्तनमा पेरिस सम्झौतामा अमेरिकी प्रतिबद्धतालाई लिएर आफ्नो आलोचनालाई दोहोर्याए । केहि समय अगाडी मात्रै जलवायु परिवर्तनलाई लिएर ट्रम्प प्रशासनको रवैया विरुद्ध दशौं हजार नागरिक अमेरिकामा सडकमा ओर्लेका थिए ।

प्रतिक्रिया दिनुहोस्