टेकुमा भीषण आगलागी, पाँचतले घर जल्यो, आगो अझै नियन्त्रण बाहीर



नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौंको टेकु स्थित प्रिन्टर्स वल्र्डमा आज आगलागी भएको छ ।

विभिन्न व्यवसाय चलेको उक्त पाँचतले घरमा आगलागी हुँदा उक्त घरमा संचालनमा रहेको गार्मेन्ट र मोटरसाईकल वर्कशप पनि जलेर नष्ट भएको छ ।

झापाका गोविन्द घिमिरेको उक्त घरमा आगलागी भएको हो ।
आगलागीलाई नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र स्थानिय घटनास्थलमा परिचालन भएका छन ।

टेकुको भित्रि गल्लीमा रहेको उक्त घरमा आगलागी हुँदा दर्जनौंको संख्यामा रहेका दमकल र पानी ट्याङ्कर बाटैमा अड्कीएका छन ।

बाटो साँघुरो भएकाले दमकलले आगो नियन्त्रणमा लिन नसकेको स्थानियले नेपाल समाचारपत्रलाई बताए ।

प्रतिक्रिया दिनुहोस्