मृत अवस्थामा फेला



नेपाल समाचारपत्र, काठमाडौँ । काठमाडौँ महानगरपालिका–२२ प्युखा स्थित आरवि डायमण्ड ज्वेलर्स प्रा.लि.को सेक्युरिटी गार्ड मृत अबस्थामा फेला परेका छन ।

नुवाकोट थानसिंह– ६ घर भई हाल गोंगबु बस्ने ३६ बर्षीय राजेन्द्र पाठक आइतबार उक्त ज्वेलर्स रहेको घरको दोस्रो तलाको भ¥याङमा मृत अवस्थामा फेला परेका हुन ।

त्यसैगरी अर्घाखाँची मालारानी गाउँपालिका–६ बस्ने ५९ बर्षीय झक बहादुर थापा आइतबार रातापानीको भीरमा मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको स्थानीय प्रहरीलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्