सवारी दुर्घटनामा मृत्यु



नेपाल समाचारपत्र, मोरङ । सवारी दुर्घटनामा परि उर्लाबारी नगरपालिका–९ मा दुई जनाको ज्यान गएको छ ।

ईटहरा राजघाट सडक खण्डमा को.१ ख ३५९३ नम्बरको बसले मे.३ प ३७६ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिदा मोटरसाइकलमा सवार चालक सोही नगरपालिका–८ राई टोल बस्ने २१ बर्षीय सागर रुचाल र ३२ बर्षीय सूर्य वि.क. गम्भीर घाइते भएकोले उपचारको लागि अरनिको अस्पताल उर्लाबारी पठाइएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्