एमालेको घोषणापत्र भोलि मात्रै



काठमाडौ(नेस) ।
नेकपा एमालेको पार्टी कार्यालय काठमाडौ स्थित धुम्बाराहीमा बसेको बैठकले स्थानीय निर्वाचनको घोषणा पत्र आज सार्वजनिक नगर्ने भएको छ।

घोषणा पत्र सम्पादन नसकिएको भन्दै आज दिउँसो ३ बजेका लागि तय भएको कार्यक्रम स्थगित भएको हो ।

यसैगरि घोषणा पत्र भोलि बिहान ९ बजे सार्जनिक हुने बताइएको छ ।

स्थायी समितिले बैठकमा आएका सुझाव थपेर सम्पादन गर्न भीम रावल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे लगाएतका नेताहरुलाई जिम्मा दिएको थियो।

उक्त गर्ने काम नसकिएकाले घोषणा पत्र सार्वजनिक गर्न एक दिन ढिला भएको एमाले नेताहरुले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्