विद्यालयको शिक्षा प्रभावकारी बनाउन निशुल्क पोशाक



रसुुुवा, बैसाख १७ – रसुवाको जिवजिवेमा सञ्चालनमा रहेको एक सरकारी विद्यालयले नयाँ भर्ना हुने विद्यार्थीलाई निशुल्क विद्यालय पोसाक वितरण थालेको छ ।

जिल्लाको जिवजिवेमा रहेको निलकण्ठ नमुना माविले नँया शैक्षिक सत्र सँगै सञ्चालन भैरहेको भर्ना अभियानलाई प्रभावकारी बनाउनका लागि पोसाक वितरण गरेको हो ।

विद्यालय जाने उमेरका कुनै पनि वालवालिका विद्यालय वाहिर नरहुन भनेर नँया भर्ना हुने विद्यार्थीलाई पोसाक वितरण गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक नारायण देवकोटाका अनुसार विद्यालयले नँया भर्ना भएका २० जना विद्यार्थीलाई पोसाक वितरण गरिसकेको छ । एक देखि ५ कक्षासम्म २० जना र ६ देखि नौ कक्षासम्म ५७ जना नँया भर्ना भएका छन् ।

भर्ना हुने क्रम जारी रहेकाले विद्यार्थीको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । त्यसैगरि विद्यालयले विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्याथीलाई यो वर्षभरी निशुल्क स्टेशनरीका सामाग्री वितरण गर्ने जनाएको छ ।

विद्यालयको आफ्नै आन्तरिक स्रोत र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा स्टेशनरी सामाग्री वितरण गरिने प्रधानाध्यापक देवकोटाले वताउनुभयो ।

हाल उक्त विद्यालयमा वाल विकासदेखि कक्षा १० सम्म चार सय ५० भन्दा बढि विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्