गोरखाका उपप्रमुखमा महिला मात्रै



सन्तोष अधिकारी, गोरखा । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाको १० तहको उपप्रमुखमा महिलाहरु मात्र उमेद्वार रहेका छन् । विभिन्न राजनितीक दलले नै महिलाहरुलाई प्रमुख पदका लागि अवसर प्रदान नगरेको गुनासोहरु महिला नेतृहरुले गर्ने गरेका छन् ।

प्राय सबै राजनितीक दलहरुले प्रमुख पदमा पुरुषलाई नै टुंगो लगाएका छन् । जिल्लाको चुमनुब्री गाउँपालिकाको प्रमुखमा मात्र महिला लड्न लागेकी हुन् । एमालेले सूर्यकुमारी गुरुङलाई प्रमुखमा चुनाव लडाउने भएको हो ।

धार्चे गाउँपालिकाको उपप्रमुखमा कांग्रेस र माओवादी केन्द्रबाट पनि महिला नै चुनाव लड्न लागेका हुन् । उपमुखहरुमा काङ्ग्रेसकी फूल माया गुरुङ, एमालेकी सुस्मिता घले र माओवादी केन्द्रकी आशा गुरुङ चुनाबी मैदानमा उत्रिएका छन् ।

भीमसेन गाउँपालिकाको उपप्रमुखमा एमालेकी सविता अर्याल र माओवादी केन्द्रकी लीला श्रेष्ठ चुनाब लड्दै छन् । चुम नुब्रीमा उपप्रमु्खमा माओवादी केन्द्रकी कुमारी गुरुङले उम्मेद्वारी दिएका छन् । कांग्रेसले उमेद्वारको टुंगो लगाएको छैन तर, महिला नै उमेद्वार हुने पक्का भएको कांग्रेसले जनाएको छ ।

अजिरकोट गाउँपालिकाको उपप्रमुखमा काङ्ग्रेसकी चन्द्रमाया गुरुङ र माओवादी केन्द्रकी अनिता भुजेल चुनाव लड्दैछन् । सहिद लखन गाउँपालिकाको उपप्रमुखमा काङ्ग्रेसकी सर्मिला श्रेष्ठ, एमालेकी लुना थापा र माओवादी केन्द्रकी इन्दिरा तिवारी चुनावी मैदानमा छन् ।

आरुघाट गाउँपालिकाको उपप्रमुखमा काङ्ग्रेसकी कल्पना नेपाली र माओवादी केन्द्रकी अमृता लामा बीच प्रतिष्पद्र्धा हुने भएको छ । सुलीकोट गाउँपालिकाको उप्रमुखमा काङ्ग्रेसबाट जनक कुमारी कोइराला र माओवादीकी सनमाया गुरुङबीच च्ुनाब हुने भएको छ ।

गण्डकी गाउँपालिकाको उप्रमुखमा काङ्ग्रेसकी ललिता अधिकारी र माओवादी केन्द्रकी पूर्णा थापा बीच प्रतिष्पद्र्धा हुँदैछ । पानपामा उपप्रमुख पदका लागि माओवादी केन्द्रकी पम्फा बसेल उम्मेद्बार छन् ।
कांगं्रेसले टुंगो लगाएको छैन तर महिला नै उपप्रमुखको उमेद्वार हुने कांग्रेसले बतायो । जिल्लाको सिरान्चोक गाउँपालिकामा कांग्रेसकी रिता देवकोटा उपप्रमुखको उमेद्वार भएकी छन् । त्यस्तै नेपाली कांग्रेसले गोरखा नगरपालिकामा विना श्रेष्ठ र सपना पुन मध्ये एकलाई उपमेयरको उमेद्वार बनाउने भएको छ ।

नेकपा एमालेले भने उपप्रमुखमा सम्झना देवकोटाको नाम टुंगो लगाइसकेको स्रोतले जनायो । माओवादी केन्द्रले पनि कमला नहर्कीलाई उपमेयरको उमेद्वार बनाउने तयारी गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्