च्याउँ टिप्न जंगल तिरै लर्को



नेपाल समाचारपत्र, मुगु ।
बैशाखको पहिलो साताबाट मुगुका ग्रामणि बस्तिका सर्वसाधारण जगंलतिर धाउन थालेका छन् । घरमा ८ जनाको परिवार छ जना त जंगमै गएर गुच्छे च्याउ टिप्नमै ब्यस्त हुन्छन् ।

रारा १ का डिलबहादुर बमका ४ जना त च्याउँ टिप्नकै लागि जंगल तिर ब्यस्त हुने गरेका उनका छोरा मूनबहादुर बम बताउँछन् । बैशाखको अन्तिम सातासम्म च्याउ टिप्ने सिजन मानिएको मुगुमा बालक देखि बृद्धासम्मै च्याउँ टिप्नकोलागि गाउँबाट जगंलसम्म लर्को नै लागेको देखिन्छ ।

मुगुका च्याउँ धेरै पाईने ठाउँ कालै, रारा, धैनकोट, खमाले, सेरी, फोतु, नार्थपू, पिना, रोवा लगाएतका गाबिसका सर्वसाधारण च्याउँ टिप्नकैलागि बयस्त देखिन्छन् ।

आम्दानिको गतिलो स्रोत मानिने गुच्छे च्याउँ गत बर्ष मात्र प्रति किलो मुगुमा १५ हजार परेको थियो । राराको १ सय घरधूरि रहेको रुकुममा मात्र २५ लाख सम्म रुपियाँ भित्र्याउन सफल भएको रारा ३ का नन्द बहादुर रावल बताउछन् । च्याउँ टिप्ने सिजन आएको भन्दै कामको लागि भारत गएका पनि यति बेला जगंलतिर भेटेर ढोक आर्शिवाद दिने काम भएको कालै ७ का धिरबहादुर शाही बताउँछन् ।

गत बर्ष भन्दा यस बर्ष हिमपात बढि भएपछि बिगत बर्ष भन्दा यस बर्ष जंगलमा च्याउँ धेरै पाउने गरेका रारा १ का उमेरजंग बम बताउँछन् । गत साल दिनमा यति बेला च्याउँ को प्रति गोटा १० देखि ३० रुपैया सम्म पर्न जाने गर्दछ । जसबाट प्रति किलो २५ हजारदेखि ३० हदार सम्म हुने निश्चित देखिन्छ ।

तर जिल्ला बन कार्यालय मुगुले यस बर्षको च्याउँको मूलय निर्धारण भई नसकेको जनाएको छ । च्याउँको राजश्वबाट बर्षेनी ५ लाख सम्म राजश्व सकलन हुने वन कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्