वीरेन्द्रनगरमा माओवादीका उम्मेदवार सार्वजनिक



शेरबहादुर थापा, सुर्खेत ।
नेकपा माओवादी केन्द्रले वीरेन्द्रनगरमा उम्मेदवार सार्वजनिक गरेको छ ।

वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरि माओवादीले वीरेन्द्रनगरमा आगामी स्थानीय तहको निर्वाचनका लागि १६ वडा अध्यक्ष सहित मेयर र उपमेयरका उम्मेदवारलाई सार्वजनिक गरेको हो ।

माओवादी केन्द्रका तर्फबाट वीरेन्द्रनगरमा मेयरमा रत्नबहादुर गाहा मगर, उपमेयरमा हरिमाया शर्मा (गौतम) को उम्मेदवारी रहने भएको छ ।
त्यस्तै नगरका सबै वडामा उठने उम्मेदवार समेत माओवादीले सार्वजनिक गरेको छ । वीरेन्द्रनगरको वडा नं. १ मा खड्कबहादुर थापा, २ मा हिरा बहादुर सुनार, ३ मा धर्म विष्ट, ४ मा दिपे सार्की, ५ मा गणेश बहादुर शाही रहेका छन् ।

यसैगरी वडा नं. ६ मा श्यामबहादुर नेपाली, वडा नं. ७ मा विष्णु प्रसाद शर्मा, वडा नं. ८ मा खडानन्द दर्लामी, वडा नं. ९ मा यामराज मल्ल, वडा नं. १० मा मोहम्मद रज्जाको अध्यक्ष पदमा उम्मेद्वारी रहने बताइएको छ ।

यस्तै वडा नं. ११ मा ताराप्रसाद आचार्य, वडा नं. १२ मा झंकराज काफ्ले, वडा नं. १३ मा प्रेम सापकोटा, वडा नं. १४ मा टोपबहादुर दर्लामी, वडा नं. १५ मा शक्ति थापा र वडा नं. १६ मा मानबहादुर थापाले अध्यक्षमा उम्मेद्वारी दिने भएका हुन ।

वडा अध्यक्षमा महिला परेनन
माओवादी केन्द्रले वीरेन्द्रनगरमा महिलालाई वडा अध्यक्षको उम्मेदवार बनाउन सकेन । १६ ओटा वडामा मुस्लिम समुदायबाट १ जना वडा अध्यक्ष उठाइएको छ भने दलित समूदायको प्रतिनीधित्व गर्दै ३ जना उम्मेदवार चयन गरिएको छ ।

त्यस्तै जनजातीका तर्फबाट मेयर र १ वडाअध्यक्ष उम्मेदवार बनाइएको छ ।

माओवादीको घोषणा पत्र सार्वजनिक
यसैबीच माओवादी केन्द्र वीरेन्द्रनगर नगर कमिटिले घोषणा पत्र समेत सार्वजनिक गरेको छ ।
माओवादी केन्द्रले कर्णाली प्रदेशको सम्भावित राजधानीको रुपमा रहेको वीरेन्द्रनगरलाई पर्याप्त भौतिक पूर्वाधारको विकास गर्ने, औधोगिक केन्द्रको रुपमा विकास गर्ने, वीरेन्द्रनगरलाई नेपालकै नमुना (२४ घण्टा खुल्ला) शहरका रुपमा विकास गर्ने, वीरेन्द्रनगरलाई सबै प्रकारका दुव्र्यसनरहित नगर बनाउने अठोट कार्यान्वयन गर्ने, यसनगरमा ५ वर्षभित्र १५ हजार युवाहरुलाई रोजगारी सिर्जना गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

त्यसैगरी नगरका वृद्धवृद्धा तथा बालबालिकाहरुलाई स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने, वीरेन्द्रनगरलाई विश्वको कुनै आधुनिक नगरस“ग मितेरी सम्बन्ध कायम गरी आपसी कला, संस्कृति, पर्यटन, शिक्षा, खेलकुद, स्वास्थ्य विकास आयोजनामा सहभागी गराउने, किसानहरुलाई पेन्सनको व्यवस्था गर्ने, नगरभित्रका काँक्रेविहार,बुलबुले ताल, देउती बज्यै,घण्टाघर, सत्यकाँडा, भरी किनार, गढी, रतु, तथा गर्पनलाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने लगायतका विकासे कार्यक्रमहरु घोषणा पत्रमा समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्