आईसीसीले नेपाली क्रिकेटरलाई तलब दिने



नेपाल समाचारपत्र
काठमाडौं
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई पछिल्ला १५ महिना रोकिएको तलब उपलब्ध गराउने निर्णय गरेको छ।

आईसीसीको बिहीबार बसेको बोर्ड बैठकले नेपाली खेलाडीलाई १५ महिनाको तलब उपलब्ध गराउने आईसीसी डेभलपमेन्ट कमिटीको प्रस्ताव स्वीकृत गरेको हो। साथै निलम्बन फुकुवाका लागि भइरहेको प्रक्रियाको पनि आईसीसीले स्वागत गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) मा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले गत वर्ष वैशाखमा क्यान निलम्बन गर्ने निर्णय गरेको थियो। निलम्बनसँगै क्यानको बैंक खाता पनि रोक्का भएको थियो। त्यसयता खेलाडीले तलब पाउन सकेका थिएनन्।

आईसीसीले क्यान निलम्बनमा परे पनि राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय सहभागिता यथावत् राखेको थियो। क्यान निलम्बनमा परेपछि नेपालले आईसीसी विश्व क्रिकेट लिग च्यामिपयनसीपअन्तर्गतका दुई चरणका चार खेल खेलेको थियो।

प्रतिक्रिया दिनुहोस्