८३ हजार मेगावाटका अध्ययेताको निधन



काठमाडौं, (नेस)
नेपालको जलविद्युत् क्षमता ८३ हजार मेगावाट रहेको पत्ता लगाउने डा. हरिमान श्रेष्ठको बिहीबार दिउँसो निधन भएको छ। डा. श्रेष्ठको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

केही दिन अघि घरमा लडेर श्रेष्ठ सामान्य घाइते हुनु भएको थियो। नेपालको जलविद्युत् क्षेत्रका पायोनियर व्यक्तित्व श्रेष्ठले सन् १९६६ मा मस्को पावर इन्ष्टिच्युट (तत्कालीन सोभियत संघ) बाट आफ्नो जलस्रोतसम्बन्धी अनुसन्धानको सिलसिलामा नेपालको जलविद्युत् क्षमता ८३ हजार १ सय ८१ मेगावाट रहेको पत्ता लगाउनु भएको थियो।

जुन कुरा ५१ वर्षपछिसम्म पनि मुलुकको जलविद्युत् क्षेत्रमा ‘गुरु मन्त्र’ को रुपमा रहेको छ। श्रेष्ठको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्