प्रमुख राजनीतिक दललाई दलित उम्मेदवार पाउनै मुस्किल



रसुवा, (नेस) ।
रसुवामा क्रियाशिल राजनीतिक दललाई दलित उम्मेदवार पाउनै मुस्किल परेको छ ।

पाँच वटा गाँउपालिका रहेको रसुवामा दलित वस्ती नरहेको वडामा दलित उम्मेदवार उठाउन समस्या भएको नेताहरुले वताएका छन् ।

विशेषगरी जिल्लाको माथिल्लो भागमा दलितको वसोवास नरहेकाले राजनीतिक दलले दलित उम्मेदवार छनोट गर्न नसकेका हुन् ।

नेकपा एमाले रसुवालाई जिल्लाको गोसाइकुण्ड गाँउपालिकाको टिमुरे, लाङटाङ, बृद्धिममा दलित उम्मेदवार पाउन समस्या भएको छ भने नेकपा माओवादी केन्द्रलाई कालिका गाँउपालिकाको राम्चेमा समस्या आएको छ ।

नँया शक्ति पाटी र नेपाली काङंग्रेसलाई पनि लाङटाङ, टिमुरे, बृद्धिम, थुमन र राम्चेमा दलित उम्मेदवार नपाँउदा उम्मेदवार छनोटमा समेत समस्या आएको छ ।

प्रतिक्रिया दिनुहोस्