हावाहुरीका कारण प्रसुती सेवा बन्द



विनोद सिंह विष्ट, बैतडी ।

बर्षासंगै चलेको हावाहुरीले बैतडीको पुर्चाैडी नगरपालिका ५ कुवाकोटको सुनजुनीमा रहेको सुरक्षित प्रसुती सेवा केन्द्रमा क्षती पुर्याउदा प्रसुती सेवा बन्द भएको छ ।

आईतबार बेलुका बर्षासंगै चलेको हावाहुरीले तिनकोठे भवनको छानो उडाएपछि सुरक्षित प्रसुती सेवा केन्द्र भित्र राखिएका औषधि, सुत्केरी समान, सुत्केरी गराउने बेडमा क्षति पुगेको कुवाकोट स्वास्थ्यचौकीका इन्चार्ज लोकेश जोशीले जानकारी दिनुभयो ।

हावाहुरीले छानो उडाएपछि भित्र रहेका सबै समान भिजेर नष्ट भएका छन उहाँले भन्नुभयो “ सुरक्षित प्रसुती सेवा केन्दम्रा क्षती पुगेकाले तत्कालका लागि सुरक्षित प्रसुती सेवा दिन सकिदैन ।”
सुरक्षित प्रसुती सेवाका लागि तत्काललाई त्यस क्षेत्रका गर्भवती महिलाले कुवाकोट स्वास्थ्यचौकीमा आउनुपर्ने समेत उहाँले बताउनुभयो ।

यसका साथै सुनजुनीमा रहेको सुरक्षित प्रसुती सेवा केन्द्रको भवन पुननिर्माण नहुँदा सम्म सो ठाउँबाट सेवा प्रवाह गर्न नसकिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्