सुनचाँदी मेला हुने



ललितपुर, (नेस)
व्यवसायीहरूको लक्षित गरी ‘गोल्डेन डाइमण्ड सुनचाँदी मेला’ सम्पन्न भए लगत्तै ग्राहकहरूलाई लक्षित गरी ललितपुरमा पुन सुनचाँदी मेला आयोजना हुने भएको छ।

नयाँ वर्ष तथा प्रसिद्ध रातो मछिन्द्रनाथ रथयात्राको अवसरमा पाटन मंगलबजारस्थित हःखामा बैशाख २१, २२ र २३ गते मेला गर्न लागिएको हो। यस अघि हिराका गरगहनाका विविधि डिजाइनहरू उत्पादन र प्रदर्शनी गर्दै आएकोमा यस पटक सुनका विविध गरगहना र डिजाइनहरू राखेर गोल्डेन डायमण्ड एण्ड ज्वेलरी कम्पनीले सो मेला आयोजना गर्न लागिएको हो।

मेलामा सुनचाँदी तथा हिराका गरगहनाका पारखीको जमघट हुने बताइएको छ। नयाँ नयाँ डिजाइनका गरगहना एउटै थलोवाट सुपथ मुल्यमा उपलब्ध गराउन मेला आयोजना गर्न लागिएको बताइएको छ। मेलामा आधुनिक तथा पुरातन दुवै शैलीका गरगहनाको मिश्रित एवं नवीनतम डिजाइनयुक्त गरगहना समावेश गरिने जनाइएको छ।

कम्पनीका अध्यक्ष ज्ञानुराज शाक्यले उच्च गुणस्तरीय गरगहना सहज र सुपथ मुल्यमा एउटै थलोवाट उपलब्ध गराउने उद्देश्यले मेलाको आयोजना गरिएको जानकारी दिनु्भयो। मेलाको अवसरमा सुन तथा हिराका गरगहना खरिदगर्ने ग्राहकलाई छुट तथा गिफ्ट ह्याम्पर प्रदान गर्ने व्यवस्था गरिएको छ। अध्यक्ष शाक्यका अनुसार महोत्सवमा हिराका गरगहनामा ५ देखि २५ प्रतिशत सम्म नगद छुटका साथै सुनका गरगहनामा ज्याला छुट तथा प्रत्येक ग्राहकलाई गिफ्ट ह्याम्परको समेत व्यवस्था गरिएको छ।

डायमण्ड एण्ड ज्वलरी कम्पनीले विक्रीगर्ने सुन तथा डायमण्डका सामग्रीहरू उच्च गुणस्तरीय हुने अध्यक्ष शाक्यले वताउनुभयो। सो कम्पनीवाट विक्री हुने सवै गरगहनाको ग्यारेण्टी समेत उपलब्ध गराइने, सवै गरगहना हलमार्क अनुसार हुने र ग्राहकले चाहेमा जहिलेसुकै पनि त्यसलाई उचित मुल्यमा फिर्ता समेत गर्न सक्ने छन्।

प्रतिक्रिया दिनुहोस्