स्थानीय तहका साइनबोर्ड रातारात गायव, उम्मेद्वारलाई धम्की दिंदै विप्लव



सरिता चलाउने, सल्यान ।

६ नम्वर प्रदेशको सल्यानका तीन नगरपालिका र सात गाउँपालिकाका साइनबोर्ड गएराति हराएका छन । पहिचान नखुलेका मानिसहरुको समूहले जिल्लाका १० वटै स्थानीय तहका बोर्डहरु गायव पारेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यानका शारदा नगरपालिका, वनगाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका, कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, त्रिवेणी गाउँपालिका, डोरचौर गाउँपालिका, कुमाखमालिका गाउँपालिका र दार्मा गाउँपालिकाका साइनबोर्डहरु गायव पारिहएको हो ।

यस्तै १० वटै तहका भित्तेबोर्ड र नागरिक वडापत्रमा पनि रंग छ्यापिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक श्याम बहादुर खत्रीले बताउनुभयो । गायव गरेका बोर्डहरु फेला पारेका छैनन् ।

यसैबिच नेत्र विप्लव चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घटनाको जिम्मेवारी लिएको छ । नेपाल कम्युनिष्ट पार्टी राप्ती व्युरो प्रवक्ता डिल्लीराज शर्माले शान्तिपूर्ण सभा गर्न नदिएको विरोधमा सबै स्थानीय तहका बोर्डहरु हटाइएको बताउनुभयो ।

उहाँले शान्तिपूर्ण तरिकाले कार्यक्रम गर्ने क्रममा पक्राउ परेका कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न आग्रह समेत गर्नुभयो । स्थानीय तहको चुनावको खारेजीको माग गरिरहेको नेकपाले चुनावमा उम्मेद्वारी नदिन समेत उम्मेद्वारहरुलाई चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्