रसुवाका तीन सय ६३ लार्ई दोस्रो किस्ता



नेपाल समाचारपत्र, रसुवा । रसुवाका तीन सय भन्दा बढि भुकम्प प्रभावितलाई दोस्रो किस्ता वितरण गरिएको छ ।
जिल्ला समन्वय समिति रसुवाबाट एक सय ७६ र विभिन्न गैरसरकारी संस्थाबाट एक सय ८७ गरी तीन सय ६३ लाभग्राहीको खातामा रकम निकासा गरिएको हो ।

प्राविधिकको सल्लाह अनुसार घर वनाएका लाभग्राहीको खातामा दोस्रो किस्ता वापतको एक लाख ५० हजार निकासा गरिएको स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले वताउनुभयो ।

पहिलो किस्ता बुझेर प्राविधिकको सल्लाह अनुसार घर वनाइरहेका पाँच सय १६ लाभग्राहीमध्ये दोस्रो किस्ता पाउन योग्य भइसकेकालाई रकम निकासा गरिएको र अन्यलाई पनि वितरणको तयारी भैरहेको समन्वय समितिले जनाएको छ ।
जिल्लामा अनुदान पाउन छानिएका ११ हजार २ सय ३६ घरधनीमध्ये ९ हजार २ सय ९९ घरधनीसँग अनुदान सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्