डिआईजी नवराज सिलवालमाथि कुनै छानबिन नगर्न सर्वोच्चको आदेश



काठमाडौ (नेस) ।

नेपाल प्रहरीका डीआईजी नवराज सिलवालमाथि छानविन लागायतका कुनै पनि कारवाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

अदालतमा विचाराधीन मुद्दाको किनारा नलागेसम्म उनीमाथि कुनै कारवाही अघि नबढाउन आदालतले आदेश दिइएको हो ।
सरकारी काजत किर्ते गरी अदालतमा पेश गरेको अभियोगमा सरकारले डीआईजी सिलवालमाथि छानविन थालेको थियो ।

छानविन समितिले हिजो सोमबार उनिसँग बयान लिएको थियो ।

तर उनले विना पूर्जी आफूलाई नियन्त्रणमा लिइएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट मु्दा दायर गरेका थिए ।

मुदाको सुनुवाई गर्दै अदालतले उनलाई रिहाइको आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्