डीआईजी सिलवालको पक्राउबारे प्रहरीले मुख खोल्यो



काठमाडौ (नेस) ।

नेपाल प्रहरीका डिआईजी नवराज सिलवाललाई पक्राउ गरिएको नभइ पत्र दिइ बयानका लागि बोलाइएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै डिआईजी सिलवालाई प्रक्राउ नगरिएको स्पष्टीकण दिएको हो ।

सरकारको निर्णयानुसार डिआईजी सिलवालले सम्मानित सर्वोच्च अदालतमा पेश गरेको कार्य सम्पादन मूल्याङ्कन फारमको प्रतिलीपिका सन्दर्भमा उक्त कागजात प्राप्तिको स्रोत र वैधानिकताले खुलाउने  भन्ने समेतको प्रयोजलने गठित छानविन समितिले उनलाई सोधपुछका लागि बोलाएको प्रहरीले जानकारी दिएको छ ।
सिलवाललाइ्र्र हिजो मात्र सरवच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्