युवती ओसार पसार गर्ने पक्राउ



नेपाल समाचारपत्र, काठमाडौं ।

नयाँदिल्लीबाट उद्धार भई आएका युवतीहरू ओसारपसार गर्ने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल बस्ने सिन्धुपाल्चोक गुम्बा–६ का २७ वर्षीय बिष्णु तामाङलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगन्जको प्रहरीले गोकर्णेश्वर नगरपालिका–२ राइटारबाट पक्राउ गरेको हो ।
मानब बेचबिखन तथा ओसारपसार गर्ने गिरोहले नेपाली युवतीहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर बिभिन्न सिमा नाकाबाट भारतको नयाँदिल्ली पु¥याई दुवई, कुवेत तथा इराकको कुर्दिस्तान पठाउन लागेको अवस्थामा २७ जना नेपाली युवतीहरुलाई २०७२ साउन ५ गते भारतीय प्रहरीले उद्धार गरेको थियो । नयाँदिल्लीस्थित ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल तथा ९ गते विभिन्न होटलहरूमा राखिरहेको अवस्थामा उनिहरुलाई उद्दार गरिएको थियो ।
१९ गते पीडितहरुलाई नेपाल फिर्ता ल्याई प्रारम्भिक सोधपुछ पश्चात तत्काल खुल्न आएका ४ जना प्रतिवादीहरु सुशिल भन्ने सुजिल राई, राजबाबु श्रेष्ठ, बिके भन्ने सानु लामा र धनबहादुर भन्ने दानबहादुर क्षेत्रीलाई विभिन्न मिति र स्थानबाट पक्राउ गरी काठमाडौ जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार एवं संगठित अपराध मुद्धा दायर गरिएको थियो । पछि अदालतले अदालतको आदेशले तत्काल केन्द्रीय कारागार जगनाथदेवलमा पुर्पक्षको लागि थुनामा गएका थिए ।
साथै २०७२ फागुन १० गते सिन्धुपाल्चोक, बार्हमबिसे–४ की एक महिलालाई भारतको नयाँदिल्ली हुँदै दुवई, कुवेत तथा इराकको कुर्दिस्तान पठाउन लागेको अवस्थामा काठमाडौको नागढुङगाबाट उद्धार गरिएको छ । पीडितलाई बिक्री गर्ने योजना तथा कार्यमा निज तामाङ समेत संलग्न रहेको सम्बन्धमा समेत तामाङ उपर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्