एमालेले छान्यो दुई मेयर कांग्रेस र माओवादी अन्योलमा



tललित सिहं, बझाङ्ग । स्थानिय निर्वाचनकालागी एमालेले दश जान अध्यक्ष र दुई जना मेयर को छनौट गरेको छ भने नेपाली कांग्रेस र माओबादी केन्द्रले छनौट प्रक्रियामा ढिला गर्दा चुनाव हुने नहुनेमा शंका बढन थालेको छ ।

सरकारमा सामेल रहेको नेपाली कांग्रेस र सरकारको प्रमुखमा रहि स्थानिय तहको निर्वाचन गर्ने जिम्मेवारी पाएको माओवादी केन्द्रले गाउँपालीका र नगरपालीका उमेदार छनौट प्रक्रियामा ढिलाई गरे पछि चुनाव हुने नहुनेमा सर्बसाधारण लाई शंका बढेको हो ।
स्थानिय तहको चुनाव २० बर्ष पछि हुन लागेको मा गाउँ घर टोल छिमेकमा निकै खुशी छाएको थिए सरकारमा रहेका दुई मुख्य शतिm नेपाली कांगे्रस र माओबादी केन्द्रले गाउँपालीका र नगरपालीका उमेदार छनौट नगर्दा स्थानिय तहको चुनाव हुनेमा शंका बढेको जय पृथ्बी नगरपालीका १० का भतm बहादुर धामीले बताए ।
उनले भने एमालेको झुरिफुरी देख्दा चुनाव हुन्छकी भन्ने लाग्छ सरकारमा समाल्ने पाटिले उमेदारी छनौटमा टुङ्गो लगाएको नदेखेर चुनाव हुदैनकी भन्ने लागी रहेको छ चुनाव हुनेमा शंकै लाग्छ ।

हामी सरकार बाहिरै छु स्थानिय तहको निवार्चन सरकारले घोषणा गरे लगतै एमाले गाउँ गाउँ टोल टोलमा चुनावी अभियानमा जुटेको हो बैशाख ३१ गतेको लागी हामीले दुई नगरपालीका र १० गाउँपालीका उमेदार छनौट गरि सकेको एमाले जिल्ला अध्यक्ष दिल बहादुर सिहंले बताए ।

प्रतिक्रिया दिनुहोस्