डिआइजी सिलवाललाई बयानका लागि प्रहरी प्रधान कार्यालय लगियो



काठमाडौ (नेस) ।

नेपाल प्रहरीका डिआइजी नवराज सिलवाललाई बयान लिनको लागि  प्रहरी प्रधान कार्यालयमा लगिएको छ ।

उनले सर्वोच्च अदालतमा पेश गरेको ‘नक्कली’ कार्यसम्पादन मूल्यांकन फारमका बारेमा सोधपुछ गर्न उनलाई प्रहरी प्रधान कार्यालयमा उपस्थित गराइएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।

‘छानबीन समितिले उलाई बोलाएको थियो तर उनि आउन नमानेपछि सुरक्षाकर्मी लगाएर उपस्थित गराइएको हो ।

उनले पेश गरेको कासमुका बारेमा गम्भिर छानविन हुने स्रोतले जानकारी दिएको छ ।

सिलवालले आफ्नो र डिआइजी प्रकाश अर्याल ९हाल प्रहरी महानिरिक्षक० को कासमु अदालतमा पेश गरेका थिए ।

त्यस बारेमा छानबीन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्