पत्रकार महासंघ भक्तपुर समाचारपत्रकर्मीको नेतृत्वमा



नेपाल समाचारपत्र, भक्तपुर । नेपाल पत्रकार महांसघ भक्तपुर शाखाको सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा समाचारपत्रकर्मी पुष्कर बुढाथोकी निर्वाचित हुनुभएको छ । बुढाथोकी बिगत १५ बर्षदेखि निरन्तर साहित्य र पत्रकारितामा सकृय हुनुहुन्छ ।
अबिधेशनले उपाध्यक्षमा रोशन शिल्पकार, महिला उपाध्यक्षमा कविता थापा, सचिवमा कृष्ण नेपाल, सह–सचिवमा किरण बुढाथोकी समावेसी सहसचिव सुन्दर शिल्पकार, कोषाध्यक्षमा मोहन वल्ल निर्वाचित भएका छन् । सदस्यहरु जयराम बास्तोला, हेमराज ढकाल, लिला श्रेष्ठ, राम तमाखु, बिनोद कोजु, सुमन श्रेष्ठ, हरिशरण बास्तोला र विदुर नेपाल निर्वाचित भएका छन् ।

प्रदेश पार्षदमा धु्रबराम थापा, रोशनराज अर्याल, जितेन्द्र श्रेष्ठ, रामचन्द्र प्रजापति, सविना के.सी, नारायण थापा, गोपीकृष्ण ढुंगाना, जितेन्द्र श्रेष्ठ, चुडामणी पौडेल, प्रविण लाखे, हरिबहादुर श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, राममणि बराल, काशिराम विरस, सागर गुरागाई, भेषबहादुर कार्की, प्रतिमा सैजू, राममणि वराल, कमल न्यौपाने र पूर्णभक्त दुवाल लगायतका रहेका छन् ।

यसैगरी केन्द्रिय पार्षदहरुमा अमर भुजु, दिलिप थापागमर, रमेश गिरी, सोम शर्मा बजगाई, अभय श्रेष्ठ, पेशल आचार्य, विकल श्रेष्ठ, अन्जना शिल्पकार, रमेश खड्का, रत्नकृष्ण श्रेष्ठ, अभय श्रेष्ठ, अमृत न्यौपाने, शुसिलबन्धु थापा, नारायणसुन्दर किलम्बु, जीवन ढुङ्गाना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्