पूर्वी पहाडी जिल्लामा टेलिफोन बन्द, फोन गर्न एक दिन हिड्नुपर्ने बाध्यता



रविन भट्टराई,ताप्लेजुङ

पूर्बी पहाडी जिल्लाको ग्रामिण भेगमा संचार सम्पर्कको लागि छ बर्ष अघि बितरित भिस्याट प्रणालीको टेलिफोन बन्द हुँदा दुर्गम क्षेत्रका स्थानिय मर्कामा परेका छन् ।

संचार सम्पर्कको निम्ति गाँउ गाउँमा बितरित टेलिफोन अबरुद्ध भएपछि सर्बसाधारणको लगानी पनि खेर गएको छ । पूर्बाञ्चलमा भिस्याट प्रणालीद्धारा संचालित एक हजार भन्दा बढी टेलिफोन बन्द भएको संचालकहरुले बताएका छन् ।

एसटिएम कम्युनिकेशन कम्पनीले सरकारी अनुदानमा प्रतिथान ३५ हजार रुपैंयाँका दरले रकम असुलेर उक्त टेलिफोन उपभोक्तालाई बितरण गरेको थियो ।

पूर्बी पहाडी जिल्लाहरु ताप्लेजुङ, पाँचथर, ईलाम, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, धनकुटा, तेह्रथुम, सहित तराईमा झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरी जिल्लाको बिकट गाबिसहरुमा भिस्याट टेलिफोन बितरण गरिएको थियो ।

प्राबिधिक दक्षताको कमी र कम्पनीको लापारवाहीले बिद्युत र तार रहित भिस्याट प्रणालीको टेलिफोन अबरुद्ध भएको ताप्लेजुङ घुन्साका उपभोक्ता पासाङ शेर्पाले बताए ।

ताप्लेजुङका विकट ओलाङ्चुङगोला, लेलेप, पापुङ लगायतका हिमालि स्थानमा यो सेवा बढि सञ्चालनमा रहेको थियो । अहिले टेलिफोन बन्द हुँदा एक दिन सम्मको प्रदल यात्र गरी फोन गर्न जानुपर्ने बाध्यता रहेको स्थानियको भनाई छ ।

जिल्लामा संचालित भिस्याट टेलिफोन संचालकलाई प्राबिधिक सहयोग र रिचार्ज कार्ड उपलब्ध गराउन स्थापित एसटिएम कम्पनीको शाखा कार्यालयहरु बन्द भएका छन् । एसटिएम कम्पनीका अनुसार ताप्लेजुङमा ६४ वटा यस्तो प्रकृतिको फोन संचालित थिए ।

प्रतिक्रिया दिनुहोस्