भारतीय सुरक्षा अधिकारीसँग छलफल



बाँके, (नेस)
बाँकेका अधिकारीहरूले सीमावर्ती भारतीय सुरक्षा अधिकारीसँग निर्वाचनका सन्दर्भमा छलफल गरेका छन्।

बाँकेका प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत, सेना र प्रहरी प्रमुखले सुइया बघौडामा पुगेर भारतीय सुरक्षा अधिकारीहरूसँग छलफल गरेका हुन्। दक्षिणी–पूर्वी क्षेत्रको सुरक्षा अवस्था र निर्वाचन तयारीबारेमा अनुगमन गर्न सुइया पुगेको टोलीले पारिका सुरक्षा अधिकारीलाई बोलाएर आपसी समन्वय र सहयोगका विषयमा छलफल गरेको थियो।
‘हाम्रो टोलीले सुरक्षा सहयोग र समन्वयका लागि आग्रह गरेका हौं, भारतीय सुरक्षा अधिकारीहरूले आफ्नो तर्पmबाट आवश्यक सबै प्रकारको सुरक्षा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्’ –प्रजिअ पन्थको भनाइ थियो।

टोलीले सो क्षेत्रको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाअन्तर्गत रहेका प्रहरी चौकीका प्रमुख, निर्वाचन अधिकृतसँंग पनि सुरक्षा र निर्वाचनको तयारीका विषयमा जानकारी लिएको थियो। बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राई, नेपाली सेनाका प्रमुख सेनानी विश्वराज कोइराला, निर्वाचन अधिकृतद्वय माधव शर्मा र सुरेन्द्र पौडेलसमेत रहनुभएको टोलीले त्यस क्षेत्रका मतदातासँंग संवाद गर्नुका साथै निर्वाचन शिक्षा, निर्वाचन प्रचार प्रसारलगायतका विषयमा पनि जानकारी लिएको थियो।

‘सो क्षेत्रमा निर्वाचनको माहोल देखिएको छ, मतदाताहरू निर्वाचनमा मतदान गर्न आतुर देखिएका छन्, उनीहरू सबैको साँझा चिन्ता भनेको सुरक्षा व्यवस्था बलियो बनाउनु नै रहेको छ’ –अधिकारीहरूले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्