डीपीएल फाइनल- उपाधिका लागि विराटनगरलाई १६० रनको चुनौति



पारस भर्सेज शरद

नेपाल समाचारपत्र, काठमाडौ

धनगढीमा जारी धनगढी प्रिमियर लिगको उपाधिका लागि टिम चौराहाले बिराटनगर किङ्ग्सलाई १६० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शरद भेस्वाकरको टिम बिराटनगर किङ्ग्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस जितेर ब्याटिङ थालेको टिम चौराहाले २० ओभरमा ५ विकेट गुमाएर १ रन बनायो ।

ओपनिङ खराब भए पनि पृथु बास्कोटा र कप्तान पारस खड्काले पारी सम्हाल्यका थिय।
खेलको बिचमा आएका आरिफ शेखले चौथो विकेटका लागि पारससँग ४४ रनको साझेदारी गरे ।

पारस २९ रनमा आउट भएपछि खेलले गम्भिर मोड लिएको थियो ।

तर, आरिफ र अमर रौतेलाले उत्कृष्ट ब्याटिङ गर्दै खेलालाई सन्तोसजनक स्थितीमा पुर्याएका थिए । उनिहरुले २४ बलमा ६३ रनको साझेदारी गरे । आरिफले ३० बलमा ४ चौका र ४ छक्कासहित ५४ रन बनाए ।

अब केहि बेरमा विराटनगर ब्यटिङमा उत्रिदै छ ।

प्रतिक्रिया दिनुहोस्