रोमान्स कथा



हाल पतिपत्नी रहेका बलिउड दम्पती अजय देवगण र काजोल बिहेअगाडि सँगै फिल्ममा काम गर्थे। काम गर्ने क्रममै सहकर्मीबाट प्रेमीप्रेमिका भएपछि उनीहरु विवाह बन्धनमा बाँधिए।

अजय र काजोलले हलचल, गुण्डाराजजस्ता केही फिल्ममा सँगै काम गरेका थिए। सँगै काम गर्ने क्रममै उनीहरुको सम्बन्ध गाँसिएको थियो। अनौठो के भने काजोलको धेरै बोल्ने बानी थियो भने अजय मौन रहने स्वभावका थिए। तैपनि उनीहरुको जोडी जमेको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार दुवैको बानी ठीक विपरीत थियो। तर यही बानी नै उनीहरुको आकर्षणको केन्द्रविन्दु बन्यो र उनीहरुले विवाह गर्ने निर्णय गरे। त्यसबखत उनीहरुको विवाहबारे मिडियामा निकै चर्चा चल्यो। काजोल आधुनिक जमानाकी महिला थिइन् भने अजयको परिवार पारम्परिक थिए। सन् १९९९ मा विवाह बन्धनमा बाँधिएका उनीहरुलाई यो बेमेल जोडी हो र उनीहरुको सम्बन्ध धेरै समय टिक्दैन भनेर टिप्पणी गर्नेहरु पनि धेरै थिए। तर त्यस्तो भएन।

अजय अहिले काजोलसँगको वैवाहिक सम्बन्धमा खुसी छन्। तर काजोलभन्दा पहिले उनको केही बलिउड हिरोइनहरुसँग नाम जोडिएको थियो। फुल और कांटेको सफलतापछि अजयलाई निकै फिल्महरुबाट अफर आयो।

उनको साथमा नायिका करिश्मा हुन्थिन्। जिगर, धनवान, संग्रम, शक्तिमान, सुहागजस्ता फिल्म निकै कम समयको अन्तरालमा प्रदर्शनमा आएका थिए। यी फिल्महरुमा उनकी हिरोइन करिश्मा कपुर थिइन्। दुवैको धेरैजसो समय सँगै सेटमै बित्थ्यो। भनिन्छ कि करिश्मा अजयतर्फ आकर्षित थिइन्। उनीहरुबीच रोमान्सको हल्ला पनि निकै फैलिएको थियो।
जुन समयमा अजय करिश्मासँग धेरै फिल्महरु खेलिरहेका थिए। त्यसै समयमा उनले रविना टण्डनका साथ एक हि रिस्ता, दिव्य शक्ति, दिलवालाजस्ता फिल्म पनि गरिरहेका थिए। अजय र रविनाबीच रोमान्सका खबरहरु पनि आउन थाले। जसबाट करिश्मालाई निकै आहत पुग्यो।
अजयका कारण करिश्मा र रविनाबीच असमझदारी बढ्न थाल्यो। त्यही बेला अजय एकै समयमा दुई हिरोइनसँग रोमान्स गरिरहेका छन् भन्ने खबरहरु पनि पैmलियो। तर रविनासँगको रोमान्सको हल्लापछि अजयले एकाएक काजोलसँग बिहे गरे।

त्यसपछि कंगना रनौटसँग पनि उनको नाम जोडिएको थियो।

प्रतिक्रिया दिनुहोस्