२ हजार लिटर मदिरा बरामद



नेपाल समाचारपत्र, हेटौंडा । प्रहरीले मकवानपुरका विभिन्न स्थानबाट घरेलु मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले मकवानपुरका विभिन्न स्थानमा अवैधरुपमा बनाएर बिक्री गर्ने गरेको घरेलु मदिरा २ हजार २ सय ९५ लिटर र कच्चापदार्थ ८ सय लिटर बरामद गरेको हो ।

मदिरा बनाउने ४ वटा ड्रम नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय हेटौंडामा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक वामदेब गौतमले बताए ।

जिल्ला प्रहरी तथा मतहत कार्यालयबाट खटिएको प्रहरीले मकवानपुरका विभिन्न स्थानमा अवैध घरेलु मदिरा ३ सय ५० लिटर र कच्चापदार्थ ६ सय १० लिटर नियन्त्रणमा लिएर आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रतिनिधि, प्रहरी तथा स्थानिय भद्रभलाद्मीको रोहवरमा पोखेर नष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्