छोरीलाई जबरजस्ती करणी गर्ने बाबु पक्राउ



सन्तोष अधिकारी, गोरखा ।

गोरखा नगरपालिका–१३ तिन किलोकी १४ वर्षिय छोरीलाई जवरजस्ती करणी गर्ने ३३ वर्षिय वुवालाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ ।

मंगलबार घाँस काट्न गएकी छोरी आफ्नै बुवा बाट वलात्कृत भएकी हुन् । ‘छोरीलाई वावुले फकाएर घाँस काट्न लगेर वलत्कार गरेछन,’ पीडितको भनाइ उदृत गर्दैै डिएसपी विरेन्द्र थापाले भने ।

छोरीलाई वलत्कार गरेको भन्दै उनकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छिन् । तिन सन्तानका बुवाले १४ वर्षिय जेठी छोरीलाई बारम्वार करणी गर्ने गरेको जाहेरीमा उल्लेख छ ।

पीडित वालिकाको स्वास्थ्य परिक्षण मंगलबार जिल्ला अस्पतालमा गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । यस अघि पनि पटक पटक वालिका वलात्कृत हुँदै आएपनि डरले घटना वाहिर आउन नसकेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको छ ।

‘घटनावारे छोरीले आमालाई भनेपछि घटना वाहिर आयो,’ डिएसपी थापाले भने । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडकलाई हाडनाता करणी शिर्षकमा मुद्घा दर्ता गरेर अदालतलबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्