गुल्मेलीहरुको जहाज चढ्ने सपना



अनिल खत्री, गुल्मी । गुल्मीमा झण्डै १० वर्षअघिदेखि निर्माण कार्य शुरु गरिएको रेसुंगा विमानस्थलमा निर्माण अन्तिम चरण पुग्न थालेको छ ।

२०६३ देखि विमानस्थल निर्माण सुरु गरिए पनि निर्माण कार्य ढिलो गतिमा हुँदा समयमै निर्माण सम्पन्न हुन सकेको थिएनन् ।

पछिल्लो समय विमानस्थल निर्माणले गति लिएपछि दसैँसम्म धुले उडान गर्न सकिने रेसुंगा विमानस्थल निर्माण समितिले जनाएको छ । बिमानस्थल निर्माण कार्य अन्तिच चरण पुग्न थाले सगै गुल्ममेलीहरुको जहाज चढने सपना पुरा हुने आशा पलाएको छ ।

नेकपा एमालेको तर्फबाट तत्कालिन पर्यटन मन्त्री प्रदीप ज्ञवाली रहदा उक्त बिमानस्थलको शिलान्यस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्