सेरेना गर्भवती



सेलन्डन, (एजेन्सी)
रेना विलियम्स विश्व टेनिसमा सेरेना विलियम्स अहिलेको खुला युगमा सबैभन्दा सफल महिला खेलाडीमा गनिन्छ।

उनले २३औं ग्रान्डस्लाम सिंगल्स उपाधि जितेर कीर्तिमान रचिसकेकी छिन्। जनवरीमा अस्ट्रेलियन ओपन जितेर स्टेफी ग्राफको २२ ग्रान्डस्लाम उपाधि संख्या पार गरेपछि उनी सबैभन्दा सफल टेनिस खेलाडी बनिन्। हाल उनी गर्भवती भएको खुलासा भएको छ।

३५ वर्षीया अमेरिकी खेलाडीले आगामी सेप्टेम्बरतिर बच्चालाई जन्म दिने उनका प्रतिनिधिले बताएको छ। विश्व नम्बर दुई सेरेनाले सामाजिक संजालमा ऐनामा पोजिङ गरेको तस्वीर पोस्ट गर्दै २० हप्ता भनेर सन्देश दिएकी थिइन्। पछि यो मेटिएको थियो। सेरेनाले डिसेम्बरमा पहिलो पटक रेडडिट भन्ने साइटका सामुदायिक खबरका सहसंस्थापक एलेक्सिस ओहानियनसँग इन्गेजमेन्ट गरेको घोषणा गरेकी थिइन्।

मेलबर्नमा जनवरीमा भएको अस्ट्रेलियन ओपन जित्दा सेरेना कमसेकम ८ साताको गर्भवती रहेको पनि अनुमान लगाइएको छ। यो हिसाबले उनी यस सिजनमा सबै प्रतियोगितामा सहभागी नहुन सक्छिन्। भन्नलाई चाहिँ उनी घुँडाको चोटको कारण खेल्न सकिरहेका छैनन् भनेर जानकारीमा ल्याएको छ।
आमा बनेपछि खेल्न नसक्ने पनि होइनन्। केही नाम चलेका महिला खेलाडीले आमा बनेपछि पनि उपाधि जितेका थिए। बेल्जियमकी किम क्लाइस्टर्सले छोरी जन्माएर १८ महिनापछि यूएस ओपन २००९ जितेकी थिइन्। त्यस्तै बेलारुसकी भिक्टोरिया अजारेन्का डिसेम्बरमा पहिलो बच्चा जन्माएर फेरि कोर्टमा फर्किने तयारीमा छिन्। उनी जुलाईको अन्त्यमा खेल्न आउँदै छिन्।

कोर्ट अगाडि
महिला टेनिसको व्यावसायिक युग सन् १९६८ देखि शुरू भएको हो। यो वर्षपछि हालसम्मको ग्रान्डस्लाम उपाधि विजेताको सूचीमा पहिलो नम्बरमा अस्ट्रेलियाकी मार्गारेट कोर्ट रहेकी छिन्।

उनले २४ ग्रान्डस्लाम उपाधि जितेकी थिइन्। नम्बर दुईमा सेरेना विलियम्सको नाम आउँछ। उनले २३ ग्रान्डस्लाम उपाधि जितेकी छिन्।

कोर्टले १९६० र १९७३ को बीचमा त्यति संख्यामा ग्रान्डस्लाम उपाधि जितेकी थिइन्।

उनले १९७२ मा २९ वर्षको उमेरमा पहिलो बच्चा जन्माइन् र १९७३ मा चारमा तीन ग्रान्डस्लाम उपाधिमा आफ्नो नाम लेखाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्