आलिया र सिद्धार्थको डेटिङ राति



बलिउड नायिका आलिया भट्ट सिद्धार्थ मल्होत्रालाई राति भेट्न जाने गरेको कुरा हालै मात्र भएको एक घटनाले खुलासा गरेको छ। एक भारतीय सञ्चारमाध्यमले जनाएअनुसार हालै आलिया सिद्धार्थलाई भेट्नका लागि उनको घर गएकी थिइन्।

समाचारमा जनाइएअनुसार राति ३ बजे उनले आफ्नो ड्राइभरलाई फोन गरेर सिद्धार्थको घरमा बोलाइन्। त्यसपछि बडिगार्डलाई फोन गरिन्। तर, उनको फोन उठेन। यसैबीच त्यहाँ उनको ड्राइभर पुगे।

आलियाले फेरि आफ्नो बडिगार्डलाई फोन लगाइन्, उनले फोन उठाए र त्यहाँ पुगे। जब उनको बडिगार्ड गाडीमा बसे, त्यो बेला उनी नशामा थिइन्।

उनको मुखबाट रक्सीको गन्ध आइरहेको थियो। आलिया डराइन् र चुपचाप बसिरहिन्। आलिया सिद्धार्थलाई भेटेर घर फर्किइन् र भोलिपल्ट यो कुरा उनले आफ्नो आमा सोनी राजदानसँग शेयर गरिन्।

त्यसपछि उनले बडिगार्डलाई नोकरीबाट निकालिदिएको समाचारमा उल्लेख गरिएको छ। यो घटनाको विषय जे भए पनि आलिया र सिद्धार्थबीच गज्जबको रोमान्स चलिरहेको पर्दाफास भएको छ।

साथसाथै आलियाले सिद्धार्थलाई रातिको समयमा उनको घरमै भेट्ने गरेको रहस्य पनि खुलेको छ।

प्रतिक्रिया दिनुहोस्