महिलाहरुमा बाँझोपन बढ्दो



नेपाल समाचारपत्र, काभ्रे ।
खानपान तथा जीवन शैली परिवर्तन हुँदा महिलाहरुमा बाँझोपन बढ्न थालेको एक तथ्याङ्कले देखाएको छ ।

प्रविधि अनुसार बदलिँदो जीवनशैली, खानपानमा अत्याधिक विषादी र विवाह पहिला नै हुने शारिरिक सम्वन्धमा प्रयोग हुने गर्भनिरोधक औषधी सेवन जस्ता कारणहरुबाट महिलाहरुमा बाँझोपन बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।
परिवार नियोजन संघमा मात्रै जचाँउन आएका महिलाहरु मध्ये एक वर्षमा ३७ जनालाई त्यस खालको समस्या देखिएको छ । असुरक्षित यौन सम्पर्कबाट बसेको गर्भपतन पनि असुरक्षित रुपले गराउँदा पनि बाँझोपनको समस्या देखिने गरेको बताईएको छ ।

सरकारले गर्भपतनलाई मान्यता दिएपछि सन्तुष्टीका नाममा अस्थायी साधन प्रयोग नगरी प्रेमको चरम सुख लिदै शारिरिक सम्पर्क राख्ने अनि गर्भ बसेपछि असुरक्षित गर्भपतन गराउँदा बाँझोपन देखिने गरेको छ ।

नेपाल परिवार नियोजन संघले प्रदान गरेको परिवार नियोजनका विविध सेवाहरु मध्ये २ सय ९९ जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन् । सन् २०१६ मा मात्रै १ लाख ६ हजार जनाले परिवार नियोजनसँग सम्वन्धित सेवा लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्