प्रधानमन्त्री मेद्वारा मध्यावधि चुनावको घोषणा



लन्डन (एजेन्सी)

बेलायतका प्रधानमन्त्री टेरिजा मेले आगामी जुन ८ मा मध्यावधी जुवान गर्ने योजना रहेको घोषणा गरेकी छिन्। उनले इयु जनमतसंग्रहपछि बेलायतलाई सुनिश्चितता, स्थायित्व र बलियो नेतृत्वको खाँचो रहेको बताइन्।

आफनो निर्णयका विषयमा मेले भने– मुलुक एकजुट भइरहेको छ तर वेस्टमिनिस्टर छैन। प्रस्तावित चुनावलाई लिएर बुधबार प्रतिनिधिसभा हाउस अफ कमन्समा मतदान हुने जनाइएको छ। लेबोर पार्टीले सरकारको पक्षमा मतदान गर्ने जनाएको छ। सन् २०२० अगाडी चुनावमा जाने प्रधानमन्त्रीको योजनाका लागि संसदको समर्थन आवश्यक हुनेछ।

बेलायतको कन्जरभेटिव सरकारको अवधी सन् २०२० सम्म रहेकोमा यो घोषणाले यो बर्ष भित्रै नयाँ सरकार बन्ने भएको छ।

मेले भने– हाम्रो उद्देस्य सरकारलाई आम चुनावका लागि आह्वान गर्नु परेको छ। बेलायतलाई स्थायित्व चाहिएको छ। बेलायत युरोपेली संंघबाट बाहिर आउँदैछ र त्यो फैसलालाई बदल्न सक्दैन।

क्याबिनेटको बैठकपछि उनले उक्त घोषणा गरेको हो। प्रधानमन्त्री मेले बेलायतका अन्य पार्टीहरुले अनावश्यक चलखेल गरिरहेको आरोप लगाउँदै भने– हाम्रो दक्षता ब्रक्सिटलाई सफल बनाउनु हो र यो देशका लागि अनिश्चितता तथा अस्थिरता तर्फ ढकेल्ने कारण बन्न सक्छ।

हालै मात्र उनले युरोपेली संघबाट अलग्ग हुनका लागि औपचारिक प्रक्रिया सुरु गर्ने सम्बन्धित अध्यादेशमा हस्ताक्षर गरेका थिए। एक सुत्रले प्रधानमन्त्री जुन ८ मा मध्यावधी आम चुनाव गराउने घोषणा गर्न सक्ने बताएको थियो। यद्यपी मेको कार्यालयले यसअघि प्रधानमन्त्री सन् २०२० अगाडी चुनावमा जान सक्ने सम्भावनाको खन्डन गर्दै आएको थियो।

बेलायतको ‘फिक्स्ड टर्म पार्लियामेन्ट एक्ट‘ अनुसार आम चुनाव प्रत्यक ५ बर्षमा मे महिनामा गर्नु पर्ने प्रावधान रहेकोमा अर्को चुनाव सन् २०२० मा मात्र हुनु पथ्र्यो। यो अवधिसम्मका लागि कन्जरभेटिव पार्टीको सरकारलाई संसदमा खासै अप्थ्यारो स्थिति पनि देखिँदैन। संसदमा पार्टीलाई सहज स्थितिका वावजुद मेको मध्यावधि चुनावको घोषणालाई अप्रत्यासित मानिएको छ।

यदि कमन्समा दुई तिहाई सांसद यसका लागि सहमत भएमा मात्र अगाडीनै चुनाव गर्न सक्छ। जरेमी कोर्बिनले सरकारको मध्यावधी चुनाव गराउने प्रस्तावलाई लेबर पार्टीको समर्थन हुने संकेत दिइसकेको छ। चुनावी अभियान आफैमा अनिश्चित हुने गर्छ तर मत सर्वेक्षणमा टोरीले बहुमत हासिल गर्न सक्ने संकेत गरिरहेको छ। यसले चुनावपछि विद्यमान समस्या आफै समाधान हुने देखाउँछ।

प्रतिक्रिया दिनुहोस्