डिप बोरिङ गर्दा निस्कीएको आगो चार घण्टाकोपछि नियन्त्रणमा



पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित खानेपानी ट्याङ्कीका लागि डिप बोरिङ गरिँदा आगोको मुस्लो निस्केपछि तिलागाउँ तनावमय भएको छ । मंगलबार बिहान १०ः३० बजेदेखि निस्केको आगोको मुस्लो निस्केको थियो । डिप बोरिङ्को काम गर्दै जादा सुरुमा ढुङ्गा भेटिएको त्यसको एकछिन पछि अचानक आगोको मुस्लो नै निस्किएको थियो ।

आगोको मुस्लो निस्के लगत्तै काठमाडौँ, भक्तपुर र ललितपुरका दमकलले पानी तथा रसायन प्रयोग निभाउन प्रयास गरेका थिए । आगोको मुस्लो बढ्दै गएपछि आसपासका घरमा जोखिम बढेको थियो । पानी तान्ने उपकरणले १८० फिट गहिरोमा पाइप पठाएपछि आगो निस्केको थियो ।

डिप बोरिङबाट निस्केको आगो चार घण्टा पछि नियन्त्रणमा आएको थियो । सिरुटार खानेपानी ट्याङ्की रहेकै जमिनमा खानेपानीका लागि जमिनमुनिको पानी निकाल्ने क्रममा बिहान आगो मुस्लो निस्किएको थियो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भक्तपुरको ३५ लाख रुपैयाको लागतमा सिरुटार खानेपानी आयोजना दोश्रो फेजको काम गर्ने क्रममा एक्कासी आगोको मुस्लो निस्किएको स्थानीय शशिजंग थापाले बताउनुभयो । ग्यासको खानी भेटिएको अनुमान गरेको बताउँदै स्थानीयले यसलाई संचित गरेर प्रयोगमा ल्याउन सके यो उपलब्धीमुलक हुने बताउनुभयो ।

आगो निस्किए पछि स्थानीय बासिन्दाको पहलमा दमकल, स्थानीय बासिन्दा, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले नियन्त्रणको प्रयास गरेको थियो । ग्यास निस्किएको पाईपमा माटो र बोरा लगायतका सामाग्री हालेर बन्द गराए पछि बल्ल २ बजे आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्