४१ लाख राजस्व संकलन



सल्यान, (नेस)
जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले चालू आर्थिक वर्षको ९ महिनामा ४१ लाख रुपियाँभन्दा बढी राजस्व संकलन गरेको छ।

विभिन्न शीर्षकमा चालू आर्थिक वर्षको यस अवधिमा ४१ लाख ४५ हजार ५ सय राजस्व संकलन गर्न सफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख जगदीशकुमार ऐरले जानकारी दिनुभयो। उहँँका अनुसार यो अवधिमा ७ हजार १ सय ४९ सवारी साधन कारबाहीमा परेका छन्। गत आर्थिक वर्षमा १० हजार ६ सय ३१ सवारी साधन कारबाही गर्दा २९ लाख ८५ हजार ४ सय राजस्व संकलन भएको थियो। आर्थिक वर्ष २०७१÷७२ मा १४ लाख ७१ हजार ५ सय रुपियाँमात्रै राजस्व संकलन भएको थियो। ९ महिनाको अवधिमा मोटरसाइकल २ हजार ९ सय ३ कारबाहीमा परेका छन्। जसबाट १७ लाख ५३ हजार ५ राजस्व संकलन भएको छ।

यस्तै ६ सय ८३ बस बाट ४ लाख २३ हजार, ९ सय ५३ ट्रकबाट ५ लाख ८२ हजार, १ हजार २ सय ५० जीप, कारबाट ६ लाख ८३ हजार र १ हजार ३ सय ६० ट्याक्टरबाट ७ लाख ४ हजार राजस्व संकलन भएको ऐरले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्