ट्वीट चर्चा



दुई उपप्रमका ट्विटले सोमबार मुलुक तातेको धरहराबाट देखियो।

एउटा ट्वीटमा उपप्रम बिमलेन्द्र निधि(विनि)ले सुरक्षा निकायले गरेर मात्रै भन्दा पनि राजनीतिक सहमतिपछि मात्रै चुनाव हुने अर्थ लाग्ने गरी ट्वीट गर्नुभएपछि हिजो सनसनी मच्चिएको धरहराले देख्यो। अर्कातर्फ उपप्रम कमल थापा( कथा)ले निर्वाचन आयोगले आफ्नो पार्टीले भनेअनुसार नगरे सरकार छोडेर आन्दोलनमा जाने र चुनावमा भाग पनि नलिने संकेत गर्दै ट्वीट गरेपछि झनै धेरै जना आश्चर्यमा परेको पाइएको छ।

चुनाव सार्न को को तयार छन् भन्ने कुरा थाहा थिएन अब चुनाव नजिकिदै गएपछि पो पोल खुल्ला जस्तो छ भन्ने पनि धरहरा वरपर धेरै देखिए। तर, धरहरालाई भने त्यस्तो लाग्दैन है पाठकबृन्द।

उहाँहरूको हिसाबले कुरा ठीकै पनि त हुन सक्छ। त्यसैले अहिलेलाई बढी टिप्पणी गर्नुभन्दा पनि हेर्दै जानु ठीक होला। कि कसो ?

प्रतिक्रिया दिनुहोस्