एसएलसीमा स्मार्ट घडी निषेध



नेपाल समाचारपत्र, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले पहिलोे पटक संचालन गर्न लागेको कक्षा १२ को माध्यामिक शिक्षा उतिर्ण परीक्षा (एसएलसी)मा स्मार्ट घडी, निषेध गरेको छ ।

रीक्षामा अनियमितता हुनसक्ने जनाउदै स्मार्ट घडी समेत निषेध गरेको हो । बैशाख १२ गतेदेखि संचालन हुने परीक्षाको शैली एसएलसी सरहनै हुने भएको छ । जिल्ला स्थित गरीक्षा समन्वय समितिले गरेको निर्णय अनुसार केन्द्र छनौट, केन्दा्रध्यक्ष, सहायक केन्द्रध्यक्ष, निरीक्षक खटाइने भएको छ । परीक्षाको तयारीको बारेमा जानकारी गराउदै बोर्डका अध्यक्ष एवं शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सबै सुरक्षा अंग परीचालन गरिएको जानकारी दिनुभयो । उहाले भन्नुभयो–मधेशवादी दलको आन्दोलन प्रति केन्द्रीत गर्दै सुरक्षाको सम्प्ुर्ण तयारी गरेका छौ । हामीले आन्दोलनको विषयमा गम्भीर छलफल ग¥यौ, सुरक्षा निकायका अंगले सम्पुर्ण तयारी गरेको जनाएको छ –सचिव एवं बोर्डका अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
बोर्डले तराईका आठ सहित केही जिल्लालाई परीक्षाको सुरक्षा संवेदनशिल क्षेत्रको रुपमा लिएको छ । परीक्षालाई मर्यादित बनाउन सबै तयारी पुरा गरिएको बोर्डले जनाएको छ । विगतमा परीक्षाको मर्यादालाई उलंघन गरी कारबाही गरिएका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष वा निरीक्षकलाई यो वर्ष सोही पदमा नियुक्ती नगरिएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो । बोर्डले पत्रकार समेलन गरी परीक्षामा ३ लाख ५३ हजार १२ परीक्षार्थी रहेको जनाएको छ ।

ती मध्य १ लाख ७६ हजार ६ सय १२ छात्र र १ लाख ७६ हजार ४ सय छात्रा रहेका छन् । परीक्षामा सम्बन्धन प्राप्त ३ हजार ७ सय ६५ प्लसटु सहभागि रहेका छन् सबैभन्दा बढी काठमाडौमा ५६ हजार ५ सय ७४ र सबैभन्दा कम मनाङमा १ सय ३ जना परीक्षार्थी सहभागि हुदैछन् ।
परीक्षामा ९ सय ९० केन्द्र कायम गरिएको छ । ती केन्द्रमा ९ सय ९० केन्द्राध्यक्ष, १ हजार ६ सय ३९ सहायक केन्द्राध्यक्ष, १७ हजार ६ सय ५० निरीक्षक, १ हजार ५ सय ७१ कर्मचारी , २ हजार १ सय ७० जना कार्यालय सहयोगी, ११ हजार ८ सय ८० जना सुरक्षाकर्मी गरी ३५ हजार ७ सय जनशक्ती परिचालन गरिने नियन्त्रक अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्