चुनावका कुरा



अचेल राजनीतिक दलका नेताहरूको भाषणको शैली गजबको हुने गरेको धरहराले देखेको छ। कतै गएर भाषण गर्नुपर्यो कि उनीहरू भनिहाल्छन्– ‘निर्वाचन

निर्धारित समयमा नै हुनेछ। वैशाख ३१ मै हुन्छ। त्योभन्दा पछाडि सर्दैन।’

उनीहरूको कुरा सुनेर धरहरा वरपर भने छक्क पर्नेहरू बढेका छन्। उनीहरू भन्दै थिए– ‘होइन निर्वाचन वैशाख ३१ मा हुने भनेर त पहिला नै निर्वाचन आयोग र सरकारले मिति तोकेकै हो त। अहिले फेरि किन त्यही कुरा दोहोर्याउनुपर्यो। दोहोर्याउनुको मतलब त अझै त्यो मितिमा हुनेबारेमा कतै न कतै शंका छ है भन्ने

देखिएन र भन्या ?’
धरहरा पनि कुरा नबुझेर हैरान छ। पाठकहरूले पो यसबारेमा केही कुरा बुझ्नुभएको छ कि ? बुझ्नुभएको छ भने खबर पाउँहै, प्लिज।

प्रतिक्रिया दिनुहोस्